बूढानीलकण्ठमा हरिबाेधिनी एकादशीकाे चहलपहल

काठमाडौं, ११ मंसिर । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्ने गरेको भएपनि यस वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण मेला लागेको छैन ।

काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानमा प्रतयेक वर्ष आजकै दिन मेला लाग्ने भएपनि यो वर्ष मेला स्थगित गरिएको छ । जसका कारण मन्दिर भित्र सुनसान बनेको छ । तरपनि मन्दिर बाहिर दर्शनार्थीको भीड लागेको छ । चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *