मौसम बदली, छिटफुट पानी पर्ने सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बादल लागेको छ । भारतको बिहारमा न्यून चापीय प्रणाली विकास भएको छ । त्यसैको असरका कारण सोमबार दिउँसोपछि मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति प्रदेश एक, वाग्मती र गण्डकीका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा छिटफुट पानी पर्ने सम्भावना छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *