स्थायी कमिटीमा नयाँ फण्डा ल्याउने तयारीमा ओली

मंसिर, काठमाडौं । सर्वदलीय बैठक आयोजना गरी राजनीतिक कोर्ष चेञ्ज गर्न लागेका प्रधानमन्त्री केपी ओली पार्टीभित्रको समस्याबाट उन्मुक्ति पाउने नयाँ जुक्ति खोज्दैछन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउने लाख प्रयास विफल भएपछि अब ओलीले फेस सेभ गर्न नयाँ फण्डा अगाडि सार्ने तयारी थालेका हुन् ।

पार्टी नेतृत्वबाट पुराना पुस्तालाई पाखा लगाएर नयाँ पुस्तालाई जिम्मा लगाउने प्रस्ताव ओलीले तयार गरेका छन् । विस्तारै पार्टी र सरकारको नेतृत्व दोस्रो पुस्तालाई जिम्मा लगाएर पहिलो पुस्ताका सबै नेता सल्लाहकारका रुपमा रहनुपर्ने पक्षमा ओलीले प्रस्ताव तयार गरिरहेका छन् ।

मंसिर २८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठकमा ओली आफू सहभागी नभएपनि नयाँ प्रस्ताव पठाउने तयारीमा जुटेको स्रोतले बतायो । तत्काल पार्टी विभाजनको लागि शक्ति सञ्चय नभएको र निकटवर्ती सबैले त्यो बाटो अबलम्बन नगर्न सुझाएकाले ओली बरु प्याकेजमै सहमति गर्न अग्रसर भएका हुन् ।

दोस्रो पुस्तालाई नेतृत्वमा स्थापित गर्ने प्रस्ताव स्थायी कमिटीले सहजै स्वीकार्ने बुझाई ओलीको रहेको छ । तर ओली आफैं भने बैठकमा सहभागी नभई निकट नेतामार्फत फ्लोरमा राख्ने तयारीमा जुटेका छन् । ओली पक्षले राख्ने यस्तो प्रस्तावले पार्टीभित्र नयाँ बहस सुरु हुने देखिन्छ । पुराना पुस्ताका सबैले विश्राम लिनुपर्ने ओलीको प्रस्ताव नेता प्रचण्ड र नेता माधव नेपाललाई समेत बाँध्ने नियतले आएको बुझाई अर्काे पक्षको रहेको छ ।

यस प्रयोजनका लागि बालुवाटारमा घनिभूत छलफल भइरहेको छ । ओली निकट नेताहरुले २८ मंसिरको स्थायी कमिटीमा पेश गर्ने प्याकेजबारे गृहकार्य गरिरहेका छन् । जसमा तत्कालै महाधिवेशन गर्न शक्ति सम्पन्न आयोजक समिति बनाउन प्रस्ताव गरिने भएको छ । उक्त समितिको संयोजकमा दोस्रो पुस्ताका नेतालाई प्रस्ताव गरिने पनि स्रोतको भनाई छ । साथै, सचिवालय औचित्यहिन भएकाले अब सबै निर्णय त्यही समितिमार्फत गर्नसमेत प्रस्ताव गर्ने बुझिएको छ । उक्त कमिटीले एकताका बाँकी काम सम्पन्न गरी महाधिवेशन गराउने छ ।

यसैगरी, ओली पक्षले स्थायी कमिटी बैठकमा पेश गर्ने अर्काे प्रस्तावमा मन्त्रिपरिषदमा तत्कालै पुनर्गठन गर्ने रहेको स्रोतले बताएको छ । सबै गुट र समूहलाई संवोधन हुनेगरी वृहत्त रुपमै पुनर्गठन गर्न समेत प्रस्ताव गर्ने तयारी भइरहेको छ । त्यसका लागि पनि सोही समितिले अध्ययन गरी पेश गर्ने प्रतिवेदनलाई आधार बनाइने पक्षमा ओली रहेको बुझिएको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीका लागि तयारी गरिरहेका प्रचण्ड र नेता नेपाललाई छिर्के हान्ने नियतले यस्तो प्रस्ताव ल्याउन लागेको हुनसक्ने भन्दै खुमलटार निकट स्रोत भन्छ– यस्ता गोलमटोल प्रस्ताव ल्याएर नयाँ फण्डा फाल्न खोजेको होला , तर अब यस्तो जालझेलको कुनै अर्थ छैन । जारी स्थायी कमिटीले एउटा निकास दिने विश्वासका साथ स्रोत भन्छ– ओलीजीले अब या त प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एउटा पद त्याग नगरी कुनै उपाय छैन् ।

यसका अलावा अब गरिने संवैधानिक नियुक्तिमा समेत उनले भागबण्डाको प्रस्ताव गर्ने भएका छन् । यो सबै काम गर्न त्यही अधिकार सम्पन्न समितिले सिफारिश गर्न ओली पक्षले प्रस्ताव गर्नेवाला छ ।

यो प्रस्ताव स्थायी कमिटीबाटै पास गराउने पक्षमा ओली समूह रहेको छ । दोस्रो पुस्तालाई नेतृत्वमा स्थापित गर्ने प्रस्ताव स्थायी कमिटीले सहजै स्वीकार्ने बुझाई ओलीको रहेको छ । तर ओली आफैं भने बैठकमा सहभागी नभई निकट नेतामार्फत फ्लोरमा राख्ने तयारीमा जुटेका छन् । ओली पक्षले राख्ने यस्तो प्रस्तावले पार्टीभित्र नयाँ बहस सुरु हुने देखिन्छ । पुराना पुस्ताका सबैले विश्राम लिनुपर्ने ओलीको प्रस्ताव नेता प्रचण्ड र नेता माधव नेपाललाई समेत बाँध्ने नियतले आएको बुझाई अर्काे पक्षको रहेको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीका लागि तयारी गरिरहेका प्रचण्ड र नेता नेपाललाई छिर्के हान्ने नियतले यस्तो प्रस्ताव ल्याउन लागेको हुनसक्ने भन्दै खुमलटार निकट स्रोत भन्छ– यस्ता गोलमटोल प्रस्ताव ल्याएर नयाँ फण्डा फाल्न खोजेको होला , तर अब यस्तो जालझेलको कुनै अर्थ छैन । जारी स्थायी कमिटीले एउटा निकास दिने विश्वासका साथ स्रोत भन्छ– ओलीजीले अब या त प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एउटा पद त्याग नगरी कुनै उपाय छैन् ।

विगतमा पनि यस्ता हावादारी प्रस्ताव नआएका होइनन् भन्दै नेता नेपाल निकट स्रोत भन्छ– सचिवालयले प्रस्तुुत गरेको राजनीतिक प्रतिवेदनमा नै छलफल केन्द्रित हुनेछ र एउटा पास हुने हो । त्यही आधारमा पार्टीले बनाउने नीतिलाई सबैले मान्नुपर्ने पनि स्रोतले बतायो । अब ओलीजीले जस्तोसुकै बहानाबाजी गरेपनि निकास दिनैपर्छ – स्रोत भन्छ । नेपाल बहस डट कमको सहयोगमा

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *