नेपालको पहिले रेफ्रेशमेन्ट सेन्टर सुनसरीको कोशी गाउपलिकामा शिलन्यास

सुनसरीको कोशी कटानमा २ अर्ब बढी लागतको परियोजना अन्र्तगत नेपालको पहिलो रेफ्रेश मेन्ट सेन्टर निर्माण कार्यको शिलान्यास गरिएको छ । यस परियोजनाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको हो ।

उक्त परियोजना प्रदेश १ सरकारले आधुनिक र मुलुककै नमूना हुने दाबी गरेको छ । शिलान्यास कार्यक्रममा मूख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक मन्त्री जीवन घिमिरेका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतको सहभागिता रहेको थियो ।
देश कै बिकट मानिने कोशी कटान छेत्रमा यस्तो परियोजना निर्माण हुनु देश समृद् तर्फ अघि बढेको ग्रिन सिग्नल रहेको स्थानीय बासि बताउछन् ।

शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले कोशीको बगरलाई सदुपयोग गरी सन्चालनमा ल्याउन लागिएको परियोजना मुलुककै लागि नमूना र गौरभको आयोजना हुने दाबी गर्नुभयो ।

मुख्यमन्त्री राईले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचना प्रदेश १ को पर्यटन प्रर्वद्धनमा कोशेढुङगा सावित हुने बताउनु भयो । कार्यक्रममा दिइएको जानकारी अनुसार परियोजना अन्र्तगत कटान क्षेत्रमा आधुनिक बसपार्कसहित होटल, स्विमिङ पुल, फ्यूल सेन्टर, स्वास्थ्य चौकी, ट्राफिक र प्रहरीको बन्दोवस्ती लगायतका संरचनाहरु निर्माण हुने छन् ।

कार्यक्रममा बोल्दै स्थानीय नेता तथा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले भन्नु भयो,”यस छेत्रको जनताको मतले देशको प्रधानमन्त्री जन्मायो, उप-प्रधानमन्त्री तथा परराष्ट्रिय मन्त्री उपेन्द्र यादब जन्मायो तर विकासको नाममा एक चिम्टी माटो जति पनिं विकास गरेनन् त्यसै कारण यस छेत्र सधै पछाडी पर्यो कहिले विकास हुन सकेन।” तर उहाँ प्रदेश मन्त्री भए पश्चात भिजन अनुसार काम गरेकोले साढे २ बर्षको अन्तरालमा नै त्यस छेत्रको विकासको निर्माण गरि समृद् तर्फ अघि बढेको उहाँले दाबि गर्नु भयो। २० बर्षमा हुन नसकेको त्यस छेत्रको विकास २ बर्षमा हुन लागेको उहाले पुष्टि गर्नु भयो।

लामो दूरीबाट आउने सवारीका साधनलाई रोकी चालकलाई रिफ्रेश गराउदै सुरक्षित यात्रा तय गराउनु परियोजनाको मूख्य लक्ष्य रहेको बताइएको छ ।

परियोजना अन्र्तगत पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार ९ सय ४ रुपैया बराबरको काम थालिने बताइएको छ । जस अन्र्तगतको संरचना निर्माणको ठेक्का कविन्द्र नव सिर्जनशील जेभी सिनामंगल काठमाडौंले पाएको छ ।

कुल ४२ करोड लागत मूल्य रहेको परियोजना ठेक्का पारेका निर्माण कम्पनीले न्यूनतम मूल्य(विलो)मा सम्झौता गरेको हो । २०६५ साल भाद्र २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिकरण गरी रिफे्रसमेन्ट सेन्टर निर्माणको प्रकृया अघि बढाइएको हो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *