शीतलनिवासबाट सिधै बालुवाटार पुग्यो चिनिया टोली

काठमाडौँ- नेकपाको विभाजन रोक्ने उदेश्यले एकाएक नेपाल आएको चिनिया टोली भेटघाट र परामर्शमा सक्रिय बनेको छ । केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै चिनिया टोली प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार हानिएको छ ।

आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोली बालुवाटार पुगिसकेको स्रोतले बतायो। नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका उच्च नेताहरुसँग परामर्श गर्ने उच्च स्रोतले जानकारी दिएको छ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *