खोटाङ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा खोटाङको दिक्तेल बजारका विभिन्न स्थानमा मोटरसाइकल र्याली निकालिएको छ । नेकपाका नेता कुमार आचार्यको अगुवाइमा आइतबार दिउँसो मोटरसाइकल र्याली निकालिएको हो ।
मोटरसाइकल र्यालीमा युवाको ठूलो जमात रहेको थियो । युवाहरुले ठूलो स्वरमा केपी ओलि जिन्दवाद, भोट केमा सूर्यमा भन्ने लगायता कुरा गरेका थिए ।दिक्तेल बजारको अल्छेढुङ्गा देखि सुरु भएको र्यालि किरात चोक, त्रिवेणि चोक र अस्पताल चोक हुदै भवन गैरामा कोणसभा गरी मोटरसाइल र्याली समापन गरिएको हो ।