पूर्व राज दम्पती झापाको दमकमा

झापा, १२ पुष । मुलुकमा राजनीतिक उतारचढाब भइरहेको समयमा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आइतबार साँझ झापा पुग्नु भएको छ । बुद्ध एयरको उडानमार्फत् साँझ ६ बजे झापाको भद्रपुर विमानस्थलमा उत्रनु भएका पूर्व राज दम्पती त्यहाँबाट सीधै दमकतर्फ लाग्नुभयो ।

उहाँहरु दकमस्थित हिमालयन टि–गार्डेनको गेष्ट हाउसमा रहनुहुने बताइएको छ । पूर्व राज दम्पती केही समय त्यहाँनै रहनुहुने कार्यक्रमय रहेको छ । दकम बसाईको क्रममा पूर्व राजा शाहले राजनीतिक भेटघाट एवं परामर्श पनि गर्नुहुने बताइएको छ । यस बारेमा विस्तृत केही खुलाइएको छैन ।

यसअघि पनि पूर्व राज दम्पती गत चैत महिनामा दमक जानुभएको थियो । फर्कने समयमा कोरोना महामारीका कारण मुलुक लकडाउनमा गएपछि फर्कन समस्या हुँदा सरकारले उहाँलाई एक दिने पास उपलब्ध गराएर पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै काठमाडौं जानुभएको थियो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *