प्रचण्ड-माधव समुहको नारा–बिद्या तेरो सिन्दुर खोई…केपी ओली तेरो…(भिडियोसहित)

‘प्रचण्ड र माधव नेपाल यतिसम्म निकृष्ट होलान भन्ने कल्पनै गरेको थिईंन, यिनीहरु त जनावर भन्न पनि नमिल्ने पो रहेछन,’ नारा सुनेपछि जुलुसमै रहेकी एक महिला नेतृले आक्रोश पोखिन, ‘देशको राष्ट्रपति, लामो आन्दोलनबाट आउनु भएकी नेतृबिरुद्ध यति निकृष्ट नारा लगाउने माधव र प्रचण्डले अरु महिलामाथि कस्तो दृष्टिकोण राख्लान ?’

काठमाडौं, पुस । लामो समय कम्युनिष्ट पार्टीको नेतृत्व गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल कतिसम्मका निकृष्ट हर्कत गर्न तयार हुनुहुन्छ भन्ने प्रमाण आज आयोजित बिरोधसभाको नाराले पुष्टि गरिदिएको छ ।

चुनावबिनै प्रधानमन्त्री र महाधिवेशनबिनै पार्टी अध्यक्ष बन्ने अभियान सफल नभएपछि बिभाजन गरी हिडनुभएका प्रचण्ड र माधवले आज आफ्नै सामुन्नेमा कार्यकर्तालाई राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रहत्या गर्दै आपत्तिजनक आक्षेपसहितको नारा लगाउन लगाउनु भएको छ । प्रतिनिधिसभा बिघटन गरी ताजा जनादेशमा जाने निर्णयलाई प्रतिगमनको संज्ञा दिँदै अदालतलाई धम्क्याउन आयोजन ागर्नुभएको बिरोधसभा र जुलुसमा उहाँहरुले राष्ट्रपति जस्तो सम्मानित संस्था र जननेता मदन भण्डारीकै अपमान गर्दै चरित्रहत्या गराउनु भएको हो । भिडियो हेर्न यो लिंकमा थिच्नु होला ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *