प्रचण्ड–नेपाल पक्षलाई लगातार झट्का, अर्का सांसद पनि लागे ओलीतिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको अनौपचारिक विभाजनपछि नेताहरुले कित्ता क्लियर गर्ने क्रम जारी रहेको छ । प्रचण्ड–नेपाल पक्षबाट ओलीतिर नेता कार्यकर्ता आउने क्रम अझै जारी छ । यसैक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) ओली पक्षमा उभिनु भएको छ ।

रुपन्देही–१ ‘ख’बाट निर्वाचित उहा एक साताअघि प्रचण्ड–नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी हुनु भएको थियो । माओवादी पृष्ठभूमिबाट आउनु भएका उहा प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुनुहुन्छ ।

शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड–नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उहाले प्रतिक्रिया दिनुभयो ।प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड–नेपाल पक्षमा छन् । गुल्मीका दिनेश पन्थी पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।

पूर्व एमालेबाट निर्वाचित ४१ जनामध्ये कपिलवस्तुका विष्णु पन्थी मात्रै खुलेर प्रचण्ड–माधव समूहमा खुलेर लाग्नु भएको छ । बाँकी सबै ओली पक्षमा रहनु भएको छ । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि कम्तिमा ४४ सांसद चाहिन्छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *