‘प्रतिनिधिसभा विघटनले राष्ट्रपति शासन र संकटकालको खतरा बढ्यो’

देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्रीको कदमबाट राष्ट्रपति शासन र संकटकाल लागु गर्ने खतरा बढेको दावी गरेका छन् ।

त्यसलाई घट्नाक्रमले पुष्टि गर्दै गएको उनको टिप्पणी छ । साथै नेकपाले जनतामाथि कुठराघात गरेको पनि नेता गजुरेलले बताए ।

उनले भने,‘ओलीको कदमलाई हामीले प्रतिगमनकारी भनेका छौं । संविधानअनुसार यो अधिकार उहाँलाई छैन् । उहाँले चुनावको मिति घोषणा गर्नुभयो । चुनाव हुनेवाला पनि छैन । चुनाव गराउनको लागि मिति तोकिएको होइन । हुनेवाला छैन । उहाँको उद्देश्य चाहीँ के छ भने यो सरकारलाई जसरी पनि लम्ब्याउने हो । शासक बनिरहने ।’

प्रधानमन्त्री ओलीको विघटनको कदमको कारण यो व्यवस्थाकै कमजोरीसँग उनले तुलना गरे । यस्तै पछिल्लो तीन वर्षमा ओली सरकारले झुटको पुलिन्दा बाँडेको उनले बताए ।

‘निर्वाचन पनि एउटा तामाशा मात्रै होला । सामधान दिँदैन । २०६२/०६३ मा जनसागर उर्लिएको थियो । अब यो स्थिति पैदा भएको छ, के ओलीको मात्रै असफलता हो ? यो त व्यवस्थाको पनि असफलता हो’ नेता गजुरेलले बताए । यसैले पनि अहिलेको व्यवस्थाको नै विकल्प खोज्नुपर्ने उनले बताए ।

यस्तै व्यवस्थाको बारेमा नै पूर्नविचार गर्नुपर्ने उनको तर्क थियो । संयुक्त आन्दोलन अघि बढाउँदै वैकल्पिक संयुक्त सरकार बनाउन पनि उनले आह्वान गरे ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *