अदालतसँग प्रधानमन्त्रीको सेटिङ छ भन्नेहरु आज कहा गए ? : महेश बस्नेत

नेकपाका नेता महेश बस्नेतले हिजो हावाका भरमा बोल्ने र समाचार लेख्नेहरु आज कहाँ गए भन्दै प्रश्न उठाउनु भएको छ । अदालतसँग प्रधानमन्त्रीको सेटिङ छ भन्नेहरु र प्रधानन्यायाधिश र प्रधानसेनापतिको भेटलाई संकटकाल लगाउने चाल भन्नेहरु आज कहा गए भनेर प्रश्न उठाउनु भएको हो ।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आज राजधानीमा सम्बोधन गर्दै उहाले आफ्ना अभिष्ट पुरा गर्न मनगढन्ते कुरा भन्नेहरुको हिसाबकिताब जनताले राख्नुपर्ने बताउनु भयो । प्रतिनिधिसभा विघटन गर्ने निर्णय अदालतले बदर गरेपनि त्यसलाई कार्यान्वयन गरेर अगाडी बढ्ने स्पष्ट पार्नुभयो । अदालतको आदेश विवादित छ यसले राजनीतिक अस्थिरता झनै फैलाउँछ तर लोकतान्त्रिक पार्टी भएकाले निर्णय मानेर जाने स्पष्ट पार्नुभयो ।

उहाले प्रचण्ड–नेपालले कम्युनिष्टको हातमा सत्ता खोसेर कांग्रेसमा बुझाउन लागेको समेत बताउनु भयो । प्रधानमन्त्री ओलीलाई हटाएर विदेशी सहारामा प्रचण्ड–माधव प्रधानमन्त्री खोज्न सबैतिर धाउन शुरु गरेको स्पष्ट पार्नुभयो । कम्युनिस्ट पार्टीलाई प्रचण्ड–माधवले ध्वस्त पारेको बताउदै केपी ओलीलाई अविश्वासको प्रस्ताव लानका लागि पार्टी विभाजन गरेको आरोप लगाउनु भयो ।