अब निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

अब निजी अस्पतालमा काम गर्नेलाई पनि सरकारी सरहको सुविधा दिनको लाग न्यूनतम तलब तोकिएको छ । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरले न्यूनतम तलब ४२ हजार पाउने भएको छ।

यो भन्दा अगाडि निजि अस्पतालले आफूखुसी दिएको तलब दिदै आइरहेको थियो । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बुधबार बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब तोकेको हो ।

धेरै अस्पतालले थोरै तलब दिने गरेको संघमा उजुरी परेपछि न्यूनतम शुल्क तोक्नु परेको बताइएको छ।
‘अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरूमा पत्राचार गर्ने तयारी गरिरहेको जनाइएको छ।

संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको बताइएको छ ।