अमेरिकाले नेपाललाई कोराेनाविरुद्धको खोप दिने

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप* उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गरेका छन् ।

उनले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन् ।

यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिएका छन् ।