आईपीएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बने क्रिस मोरिस

क्रिस मोरिस इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् ।

दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसलाई यो सिजनको आईपीएल टीट्वान्टी क्रिकेटको अक्सनमा इतिहासकै धेरै रकम खर्च गरेर राजस्थान रोयल्सले खरिद गरेको हो ।

बेस प्राइस ७५ लाख रहेका मोरिसलाई बिहीबार चेन्नईमा भएको अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा खरिद गरेको हो । अक्सनमा मोरिसमाथि मुम्बई इण्डियन्स, पञ्जाब, बैंग्लोरलेसमेत मोलमोलाई गरेका थिए ।

आईपीएल इतिहासमा यसअघि युवराज सिंहको नाममा महँगा खेलाडीको रेकर्ड थियो । उनको मूल्य १६ करोड भारु थियो । मोरिसलाई राजस्थनले १६ करोड २५ लाख भारु दिएसँगै उनको नामको रेकर्ड तोडिएको हो ।