कांग्रेस नेताहरुका नौटंकी देखिँदै छ : महेश बस्नेत

नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलको आलोचना गरेका छन् ।

ती तीन दलबीच गठबन्धनको सरकार बनाउने प्रयास जारी रहेका बेला मंगलबार सामाजिक सञ्जालमार्फत बस्नेतले ‘विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुका नौटंकी देखिँदै छ’ भन्दै टिप्पणी गरेका हुन् ।

बस्नेतले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्रान्तिकारीपन देखिएको, बाबुराम भट्टराईको कुण्ठा देखिएको बताएका छन् । त्यस्तै, उनले राष्ट्रियता, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त प्रधानमन्त्री केपी शर्मा ओली नै भएकाले कुनै भ्रममा नपरी आफ्नो अभियान लाग्न पनि आग्रह गरेका छन् ।