कालापानी क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर

काठमाडौं : कालापानी नजिकै दार्चुलाको छांगरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । आजको राजधानी दैनिक लेखिएको छ– सो कार्य सम्पन्न गर्न गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा मन्त्रालयले सैनिक हवाई निर्देशनालयलाई पत्राचार गरिसकेको छ ।

गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्रको टोलीलाई छांगरु पुर्याउने तयारी गरिएको जानकारी दिए। त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५जना सशस्त्र प्रहरी रहनेछन्। उनीहरुले सीमा रक्षा गर्नुका साथै अ’पराध नियन्त्रण मा भूमिका खेल्नेछन् । कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो ।

‘हेलिकोप्टरबाट त्यस क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी छ,’ मन्त्री ज्ञवालीले भने, ‘चिसो र हाइअल्टिच्युडका कारण केही ढिलाइ भएको थियो ।’ उनले अहिले भारतसँगको सीमामा २२ हजार ६ सय सशस्त्र प्रहरी खटाइएको बताए । तर, पछिल्लो लकडाउन व्यव स्थित गर्न यति संख्यामा सशस्त्र प्रहरी खटाइएको उनले जानकारी दिए । उनले भारतसँगको सीमामा स्थायी सुरक्षा चौकी १ सय १२ बाट बढाएर १ सय २० पु-याइएको बताए ।