कालापानी क्षेत्र पाँच वर्षका लागि भारतलाई लिजमा दिउँ : सुजाता काेइराला

काठमाडौं, वैशाख। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्ने बताएकी छिन्। एउटा उपायको लागि कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्ने आफ्नो विचार राखेको बताइन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार उनले भनिन्, ’कालापानीमा स्ट्याण्ड लिदाँ म राजनीतिमा पछि परेँ लिजमा दिउँ भनेको हो। बेच्नुपर्छ भनेको होइन।’

केही सञ्चारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको उल्लेख गर्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको बताइन्। कालापानी नेपाल होइन भनेको भनेर समाचार आएको प्रति उनले आपत्ती जनाइन्।

त्यसैगरी नेतृ कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको बताइन्। उनले आफूलाई कसैसँग डर नभएको र अहिलेसम्म कसैको केही पनि नलिएका कारण प्रष्ट रुपमा धारणा राख्न सक्ने दावी गरिन्।

साथै उनले कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न समितिमा प्रस्ताव गरिन्। उनले गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि राख्न सुझाव दिइन्। लोक पाटीबाट