किन भने योगेश भट्टराईले – संकेत राम्रो छैन

एमाले नेता योगेश कुमार भट्टराईले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले पुनः उठाएको भन्दै आपत्ति जनाएका छन् । यसले महतोको अभिव्यक्तिले संकेत राम्रो नगरेको बताएका छन् ।

‘संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

संविधानको धारा ३ ले राष्ट्रको परिभाषा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनेको भट्टराईले स्मरण गराएका छन् ।

अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता भएको उनको भनाइ छ।