कोरोना भाइरसको संक्रमण सबैभन्दा खतरनाक चरणमा : बेलायती प्रधानमन्त्री

एजेन्सी, २८ वैशाख । बेलायती प्रधानमन्त्री जोनसन बोरिसले कोरोना भाइरसको संक्रमण सबैभन्दा खतरनाक चरणमा प्रवेश गर्न लागेको चेतावनी दिएको छ । यसबारे बेलायती प्रधानमन्त्री जोन बोरिसले भोलि राति सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनमा प्रधानमन्त्री जोनसनले कोरोना रोकथामका लागि अधिकतम सावधानी अपनाउन आग्रह गर्नेछन्। उनले एक प्रत्यक्ष टिभी सम्बोधनमा अहिले देशमा कोरोनाको जोखिम पहिलाको भन्दा बढि रहेकोबारे आफ्नो धारणा राख्ने बताइएको छ ।

अहिले कोरोना संक्रमण शिखरमा पुगेको हुनाले हरेक पाइला ठीक पार्न अझ कडा परिश्रम गर्नुपर्ने प्रधानमन्त्री जोनसनले भनेका छन् । चुचुरोबाट तल झर्नु नै सबै भन्दा खतरनाक रहेको उनको भनाइ छ ।

लकडाउनबाट बाहिरको मार्ग रमाइलो हुनेछ तर भाइरसबाट जोगिन घरमा नै रहनु नै उत्तम मन्त्र रहेको जोनसनको ठम्याई छ ।लाखौँ बेलायतीहरु प्रधानमन्त्रीको देशलाई लकडाउनबाट बाहिर निकाल्ने योजनको आशामा रहेका छन् । त्यसैले उनले भोलि गर्ने सम्बोधन लाखौंले हेर्ने अनुमान द सनले गरेको छ ।