खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्लमास्थित छेकालुङ खोलामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय सञ्जिव खड्काको घट्ना स्थलमै मृत्यु भएको हो ।मंगलबार विहान ११ बजेको समयमा दिक्तेल बाट आफन्तको घर गएर फर्कने क्रममा को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । तिर्वगतिका कारण घुम्तिमोडमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता गोविन्द साहले बताउनुभयो ।

ट्याक्टर चालक नाम खुल्न नसकेको साथै चालक फरार रहेका छन्भने सहसचालक घाइते रहेको बताइएको छ । ट्याक्टरको इन्जिन पल्टिएको प्रहरीले जनाएको छ ।

मृतकको सव जेसिविको साहायताले निकालेर शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीे प्रवक्ता साहले बताउनुभयो ।