चीनले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्ने विमान बनायो

नले १ घण्टाभित्रै पृथ्वीको ३ चक्कर लगाउन सक्ने हाइपरसोनिक विमान बनाएको छ ।

यस्तो विमान बनेपछि अब संसारको जुनसुकै देशमा पनि छोटो समयमै हवाइ यात्रा गर्न सकिने भएको छ । पृथ्वीको व्यास १२ हजार ७१४ किलोमिटर रहेकोमा चीनले बनाएको नयाँ विमानको गति ३७ हजार १३ किलोमिटर प्रतिघण्टा रहेकोे छ ।

चाइनिज एकेडेमी अफ साइसेन्जका शोधकर्ता हान गुइलईले भर्चुअल छलफलमा हाइपरसोनिक विमानबारे जानकारी दिएका साउथ चाइना मर्निङ पोस्टमा खबर छ ।

‘यो सोधले चीन अब अमेरिका–युरोप जस्ता अन्य शक्तिभन्दा लगभग २०–३० वर्ष अगाडि हुनेछ,’ उनले भने । चीन, अमेरिका र रुस लगायत देशले हाइपरसोनिक उडानको विकासमा भारी मात्रामा लगानी गरेका छन् ।