चुनाव हुँदैन भन्ने कुरा भ्रमपूर्ण प्रचार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँदैन र गराइँदैन भन्ने कुरा भ्रमपूर्ण प्रचार भएको बताएका छन् ।

गणतन्त्र दिवस-२०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘…आगामी कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन सम्पन्न गर्ने घोषणा भएको छ । यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’

त्यस्तै उनले सरकारका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोधको मात्र सामना गर्नुपरिरहेको बताए । जनताका लागि भन्दा पनि सत्ताआ‌कांक्षी समूहले मुलुकको लोकतान्त्रिक प्रणालीको दुरुपयोग भएको उनको भनाइ छ ।