दरबार हत्याकाण्ड छानबीन गर्न उच्चस्तरीय आयोग बनाऔँ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजदरबार हत्याकाण्डको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने तर्क अघि सारेका छन् ।

उनले राजा वीरेन्द्र शाहको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु विडम्बनापूर्ण भन्दै आयोगको आवश्यकता महसुस गरेका हुन् ।

“राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन,” उनले ट्विटमार्फत् भनेका छन्, “राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबीन आयोग गठन गरी यो रहस्य सदाका निम्ति अन्त्य गरौं,” उनले भनेका छन् ।