नेकपा चितवनकाे अध्यक्षमा दिलकुमारी रावल

नेकपा चितवनकाे अध्यक्षमा दिलकुमारी रावल (पार्वती) चयन हुनुभएकाे छ । बुधबार बसेको जिल्ला कमिटी बैठकले रावललाई अध्यक्ष चयन गरेको हो । रावल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । उहाँ यसअघि पूर्व एमालेको जिल्ला सचिव समेत हुनुहुन्थ्याे ।

बैठकले जिल्ला सचिवमा प्रकाश खनाललाई चयन गरेकाे छ । खनाल नेकपा नेता एवं गृह मन्त्री रामबहादुर थापा निकट मानिनुहुन्छ । यसअघिका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले प्रचण्ड गुटमा लागेर पार्टी एकताविराेधी गतिविधि गरेका कारण उहाँहरूलाई हटाइएकाे छ । साेही ठाउँमा रावल र खनाललाई सो जिम्मेवारी दिइएको हो ।

उहाँहरूले फागुन १० गते सपथ लिनुहुने तय भएकाे छ। बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५ सय १ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।