नेपाल कोरोनाको स्थिति भयावह हुँदै, एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित कपिलवस्तु, रुपन्देही, पर्सा, बाराका हुन् । यसअघि सोमवार मात्रै एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ जना पुगेको छ ।

हालसम्ममा यो अत्यन्तै ठूलो संख्या हो । सरकारले कोरोना संक्रमण न्यूनिकरण तथा रोकथामका लागि भन्दै लकडाउन जारी गरेको आज ५० औं दिन पुगेको छ ।

पछिल्लो समय सरकारले विभिन्न उद्योग सञ्चालनका लागि अनुमति दिएसँगै लकडाउन केही खुकुलो भएको छ । जसका कारण भीड बढ्न गएको भन्दै पछिल्लो समय संक्रमणको जोखिम झन बढेको विज्ञहरूले बताउँदै आएका छन् ।