पहिलो हाफमा चिनिया ताइपेईमाथि नेपाललाई १-० को अग्रता

काठमाडौँ — विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईविरुद्धको खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भइरहेको हो । नेपालले ताइपेयीविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।