पाकिस्तानी सांसदले १४ वर्षीया स्कुले बालिकासँग बिहे गरे

पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गरेको खबर सार्वजनिक भएको छ ।

बलोचिस्तानबाट सांसद बनेका मौलानाले बालिकासँग गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको जनाएको छ । चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो ।

पाकिस्तानी पत्रिका डनका अनुसार २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिका जुघुरस्थित सरकारी छात्रा हाइ स्कुलमा अध्ययनरत छिन् ।

५० वर्षीय मौलाना सलाहुद्दीन भने राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।

पाकिस्तानी कानून अनुसार कुनै पनि पुरुषले १६ वर्ष भन्दा मुनिका बालिकासँग विवाह गर्न पाउँदैन । तर यहाँ मौलाना ती बालिका भन्दा ४ गुणा बढी उमेरका छन् ।