प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापालाई कोभिड पुष्टि

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा थापामा कोभिड संक्रमण पुष्टि भएको हो ।

थापालाई यसअघि पहिलो लहरको कोभिड पनि पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको भने कोभिड परीक्षण नेगेटिभ देखिएको छ ।