प्रधानमन्त्री नपाएपछि नेपाल बन्दमा उत्रियो प्रचण्ड–नेपाल समुह

काठमाडौं, माघ २१, प्रधानमन्त्री पद नपाए नेपाल बन्द गर्छु भनेर घोषणा गर्नुभएका पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई दुख दिन शुरु गने संकेत गर्नुभएको छ । राजनीतिको नाममा प्रचण्ड नेपाल समुहले विहिबार नेपाल बन्द गर्ने तयारी गरेको हो ।

प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ । सर्वहारा जनताको पक्षको वकालत गर्ने यो समुहले अन्तत जनतालाई नै दुख दिनेगरी आमहडतालको आयोजना गरेको हो । बन्दको घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको सो समुहका एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको जनसभा अघि नै अत्तालिएको सो समुहले काठमाडौंमा जनसभा हने अघिल्लो दिन बन्दको घोषणा गर्न लागेको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द गराउने सो समुहले जनाएको छ ।