प्रहरी शौचालय जाँदा क्वारेन्टाइनबाट भागिन् युवती

बर्दिया । मधुवन नगरपालिका–८ शिवदुगाए माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट एक युवती भागेकी छन् । ड्युटिमा रहेका प्रहरी शौचालय गएका बेला बिहीबार बिहान क्वारेन्टाइनबाट युवती भागेकी हुन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो । ४३ शय्या रहेको शिवदुगाए विद्यालयमा क्वारेन्टाइनमा बस्ने हाल ५ जना छन् । पाँचमध्ये चार पुरुष र एक महिला थिए । फरार युवती पाँच दिनअघि बाँकेबाट आएकी थिइन्।