बयलगाडेहरूको हातमा देशको नेतृत्व पुग्यो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भट्टराईले जनताको बलिदानी र संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका हुन्।

अहिले गणतन्त्र विरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले जनतामा गणतन्त्रप्रति नै अनास्था जगाउने काम भइरहेको भट्टराईले आरोप लगाए । भट्टराईले गणतन्त्रप्रति अनास्था जगाउने विरोधीहरुलाई पराजित गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नका लागि आह्वान गरेका छन् ।