बिपक्षीलाई यी हुन प्रधानन्यायाधीशका ५ कठोर प्रश्न

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई ५ प्रश्न गर्नुभयो ।

१. विश्वासको मत लिने आधार नदेखेपछी राजीनामा गर्ने कुरा धारा ७६ को प्रकृया भित्र कहाँ छ ?
२. विश्वासको मत नलिइकन मार्गप्रशस्त गरेको भनी प्रश्न उठाउने दलहरु त्यही प्रकृयामा आफै नयाँ सरकार गठनको आव्हान भएपछी प्रधानमन्त्री बन्न भाग लिन गएका छन् । प्रकृयामा भाग पनि लिने अनि प्रकृया पनि मिलेन भन्न मिल्छ ?
३. धारा ७६–५ ले प्रधानमन्त्री बन्ने आधारबारे निर्णय गर्न राष्ट्रपतिलाइ विशेष अधिकार दिएको छ । ७६–५ ले प्रधानमन्त्री बन्न दावी पुग्ने आधार छ कि छैन भनेर निर्णय गर्न दिएको विशेष अधिकार हैन र ? त्यहाँ कसरी निर्णय गर्ने भनेर कार्यविधि तोकेको छ र ? छैन ।
४. ७६–५ ले उपधारा २ मै लग्यो, दुबै धारा मिलाएर पढ्नुस । दलले समर्थन गरेको ब्यक्ति भनेको छ । दलको समर्थनमा मात्र त्यसरी आधार पुर्याएमा भन्ने अर्थ लाग्दैन र ?
५. दलीय संसदिय व्यवस्थामा गैर दलीय ढंगले सांसदहरुले प्रधानमन्त्री चुन्न मिल्छ भन्न मिल्छ र ? त्यो दलिय संसदिय व्यबस्थाको आधारभुत सिद्धान्त विपरित हुँदैन र ?