भारतमा कोरोना : ५ लाख २८ हजार संक्रमित, १६ हजारको मृत्यु

काठमाडौं- भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख २८ हजार ८ सय ५९ पुगेको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत चौथो स्थानमा छ। सूचीको पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १६ हजार ९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, ३ लाख ९ हजार ७ सय १३ जना संक्रमणमुक्त भएका छन्।