मन्त्री कुसियैतको पहलमा सुनसरीमा ICU, भेन्टिलेटर, अक्सिजन प्लान्टस जडान गर्न ३ करोड पठाइयो

नेपाल सरकार अर्थ मन्त्रालयले सुनसरीमा स्वास्थ्य उपकरण खरिदका लागि ३ करोड बजेट पठाएको छ । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतको बिशेष पहलमा जिल्लामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक उपकरण खरिद गर्न केन्द्र सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको हो ।

मन्त्री कुसियैतले केहि दिन अगाडी जेष्ठ १५ गते सुनसरी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको निमित्त निरीक्षण गरेका थिए संगै १० थान सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, मास्क सहित अन्य स्वस्थ उपकरण हस्तान्तरण गरेका थिए ।त्यहाँ अस्पताल प्रमुख सागर प्रसाईले मन्त्री कुसियेतलाइ प्लान्ट राख्न र vendileter खरिद गर्न चाहिने रकमको बारेमा ब्रिफिंग गरेका थिए । मन्त्रीज्युले दिनु भएको बचन केहि दिनमा नै पुरा हुदा अस्पताल व्यवस्थापन समिति, स्वस्थकर्मी, सुनसरीबसी नै खुशी रहेको अस्पताल प्रमुख प्रसाइले बताए । अब केहि दिनमा नै सबै काम सकेर प्लान्ट जडान गर्ने उहाँको भनाइ छ ।