मन्त्री कुसियैतद्धारा विधुतीय अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

इनरुवा । प्रदेश १ का उधोग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले सुनसरीको एक अस्पताल तथा दुई आइसोलेशन केन्द्रलाई विधुतीय अक्सिजन कन्सनट्रेटर र अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । यस अघिको निषेधाज्ञामा मन्त्री कुसियैतले सुनसरीको ४ नं क्षेत्रको ३२ वटै वडा खाद्यान्न सामग्री वितरण गरेका थिए।

सुनसरीको जिल्ला अस्पताल इनरुवाको कोभिड अस्पताल, बराहक्षेत्र नगरपालिकाको आइसोलेशन केन्द्र र हरिनगरको भुटाहा आइसोलेशन केन्द्रलाई अक्सिजन सहित स्वास्थ्य सामाग्री मन्त्री कुसियैतले आफै गएर सोमवार हस्तान्तरण गरेका हुन् ।दोश्रो भेरियन्ट सहितको कोरोना महामारीको बेला अक्सिजन नपाएर कोरोना संक्रमितहरुको ज्यान खतरामा रहेकोले मन्त्री कुसियैतले आफैले अक्सिजन बोकेर सुनसरीको तीन स्थानीय तहमा स्थापना गरेको आइसोलेशन केन्द्र र एक कोभिड अस्पताललाई हस्तान्तरण गरेको हो ।

कोरोना महामारीलाई रोकथाम र नियन्त्रण गर्न प्रदेश सरकार पनि लागि परेको हुदाँ मन्त्री कुसियैतले सुनसरीको तीन स्थानीय तहमा अक्सिजन सहित बिभिन्न सामाग्री हस्तान्तरण गर्दै कोरोनालाई जित्नका लागि चाहिने आवश्यक सामाग्री उपलब्ध गराएको बताए ।

अक्सिजन सिलिन्डर ४० लिटरको चारवटा, मास्क, सेनिटाइजर, बाल्टिन, बिधुतिय अक्सिजनबाट उत्पादन गर्ने मेसिन एक थान लगायतको स्वास्थ्य सामाग्री तीनवटै स्थानीह तहमा रहेको आइसोलेशन केन्द्र र इनरुवाको कोभिड अस्पताललाई हस्तान्तरण गरेका हुन् ।हरिनगर गाउँपालिकाको भुटाहा जेनरल हस्पिटलमा सामाग्री हस्तान्तरण गर्दै मन्त्री कुसियैतले तत्काल आफूले अक्सिजन सहितको सामाग्री उपलब्ध गराएको र आवश्यक पर्ने सामाग्रीको सूची तयार गरी प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्न सुझाएका थिए । आफूले मन्त्रालयमा पहल तथा समन्वय गरेर आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने मन्त्री कुसियैतले प्रतिवद्धता व्यक्त गरे ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले भुटाहाको आइसोलेशन केन्द्रमा मेडिकल अफिसर भएपनि थप एक जना फिजिसियन प्रदेश १ वाट उपलब्ध गराईदिन मन्त्री कुसियैतलाई अनुरोध गरेका थिए । भुटाहा आइसोलेशन केन्द्रमा बर्जु, देवानगञ्ज, हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाको संयुक्त रुपमा आइसोलेशन केन्द्रमा सञ्चालन गरेका छन् ।

भुटाहा आइसोलेशन केन्द्रमा राम्रो सुविधा सम्पन्न भएकोले निर्धक्क भएर आइसोलेशन केन्द्रमा कोरोना संक्रमित व्यक्तिहरुलाई बस्न हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले अनुरोध गरेका छन् । केही समस्या भए आफू लगायतका जनप्रतिनिधिहरुलाई सम्र्पक गर्न अनुरोध गरेका छन् । सुनसरी अनलाइन