मोदी सरकारलाई कांग्रेसले बेकामे र बेवकूफ भनेपछि..

भारतमा नरेन्द्र मोदी सरकार सत्तामा आएको सात वर्ष पूरा भएको छ ।

यस अवसरमा भारतीय जनता पार्टीले खुशियाली मनाउँदै आफ्ना उपलब्धिहरू बताइरहेको छ भने विपक्षी पार्टीहरू अझ त्यसमा पनि कांग्रेसले सरकारको कडा विरोध गरेको छ ।

कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले आइतवार एक प्रेस कन्फरेन्स आयोजना गरेर मोदी सरकार देशका लागि हानिकारक भएको बताए । उनले महंगी र बेरोजगारी बढेको उल्लेख गर्दै मोदी सरकार विगत ७३ वर्षमा भारतको सबभन्दा कमजोर सरकार भएको बताए ।

उनले भने, ‘देशले बेकामे र बेवकूफ सरकारको बोझ बोकेको सात वर्ष पूरा भएको छ । यस सात वर्षमा बेरोजगारी दर ११.३ प्रतिशत पुग्यो । कैयौं राज्यमा पेट्रोल १००, तोरीको तेल २०० भारु प्रतिलिटर पुगिसकेको छ । स्वतन्त्रतापछिको भारतको यो सबभन्दा कमजोर सरकार हो ।’