राउटे युवती भन्छन् : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन

गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए।

प्रेमदिवसबारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने केटो नपाउँदा विहेवारी हुदैनकी भनेर चिन्ता लाग्न थालेको छ । प्रेम दिवसको वारेमा जानकार नभएपनि राउटे समुदायका युवा युवती प्रेमबारे जानकार छन्।

जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन्।

शहर बजारका तन्नेरी पुस्ता प्रेमदिवसमा रमाईरहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने पुरानै दैनिकी धान्दै थिए। प्रेमदिवस के हो हामीलाई केही पनि थाहा छैन ।’ राउटे समुदायका युवा दिपक शाहीले बताए।

राउटे युवती मात्र होइनन् । श्रीमान् गुमाएकी ३४ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदायमा जात नमिल्दा विहेका लागि पुरुष नभेटिँदा अविवाहित बस्नुपरेको बताउछिन्।

जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अविवाहित छन् । सुर्खेत जिल्लाको जंगलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदायमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन्।

राउटे समुदायका युवायुवतिले अन्य समुदायसंग विवाह नगर्ने भएकाले पनि अहिले युवतिहरु अविवाहित वस्न वाध्य भएका छन् । तीन जाती रहेको राउटे समुदायको कल्याल जातीमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरको केटा केटी नहुँदा अविवाहित वस्नुपर्ने बाध्यता भएको हो।

३२ उमेर पार गरेका दिपक शाहीलाई पनि विवाहका लागि केटी पाइदैन कि भन्ने चिन्ता छ । अर्को कुरा राउटेसमुदायमा उमेर अनुसार क्रमश विवाह गर्ने चलन भएकाले जेठा÷जेठीको विवाह नभएसम्म अन्यले विवाह गर्न पाउदैनन् । ‘आफु भन्दा पहिला जन्मेकाले विहे गरेपछि मात्रै उमेर अनुसार कान्छोले विहे गछौं ।’ राउटे मुखिया सुर्य नारायण शाहीले जानकारी दिए । रास्कोटीमा युवा र युवतिको संख्या न्युन रहेकाले कल्याल जातीका युवायुवती अविवाहित बस्नुपरेको साहीको भनाई छ।

कल्याल जातीका पुरुष मात्रै हैन महिलालाई पनि उस्तै समस्या छ । मानसिंह शाहीकी ३१ वर्षिया छोरी गाँजली शाहीको विहेवारी नहुँदा माइतमा बस्नुपरेको छ । उमेर बढदै जवानी चढदै गएपनि रास्कोटी जातीमा विवाहयोग्य पुरुष नहुँदा विहे हुन नसकेको गाजलीले बताइन्।

रास्कोटी जातको ९ वर्षिय कर्णबहादुर शाहीको छोरा बलाल शाहीलाई मनपराएको खुलासा गर्दै गाजली भन्छिन् ‘बिहे गरौं केटो भरखर नौ वर्षको भयो ।’ उनले भनिन् । बलला १० वर्ष पुगेपछि गाँजली र उनको विवाह हुने पक्का पक्की भइसकेको कपिल शाहीले बताए। राजधानी दैनिकबाट