राजेन्द्र महतोको पुतला जलाउन खोज्ने विद्यार्थी नेताहरू पक्राउ

उपप्रधानमन्त्रीमा नियुक्त जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोको पुतला जलाउन खोज्दा एमालेका खनाल–नेपाल समूहनिकट विद्यार्थी संगठनका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

पुतला जलाउने क्रमममा उनीहरुलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल–खनालनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् ।

त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, अमर पुन, मानबहादुर बुढा, आकाश खनाल पनि पक्राउ परेका हुन् ।