ललिता निवास जग्गा प्रकरणका फाइल खोल्दै अख्तियार ,नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक जग्गा आफ्नो बनाउनेलाई नछोड्ने भनेको केही समयमै सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणका फाइल खोल्ने भएको छ । सो जग्गासँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने अदालतले आदेश गरेको हो।

पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मु द्दा चलाउनुपर्ने मागदाबी गर्दै दर्ता भएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको आरोपपत्र तथा २०६६–६७ र २०६९ सालमा मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउने आदेश गरेको हो।

नेकपाको नेपाल पक्षधर र जनता समाजवादीका नेता भट्टराई ललिता निवास जग्गा प्रकरणमा आफूहरुलाई मुछ््नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘राजनीतिक हतियार’ भनी आरोप लगाउँछन्

उनीहरुले आफ्नो राजनीतिक करियरमाथि प्र हा र गर्न प्रधानमन्त्री ओलीले यसअघि अख्तियार प्रमुख नवीनकुमार घिमिरेलाई प्रयोग गरेको आरोप लगाएका थिए।

त्यसैले नेकपाको दाहाल–नेपाल समूहले अख्तियारमा प्रेमकुमार राईको नियुक्तिको चर्को विरोध गरेका थिए । गृहसचिव हुँदा राईकै अग्रसरतामा ललिता निवास जग्गा अनियमितता छानबिन भएको थियो।

नेपाल पक्षधरले कतै ओली कै योजनामा यो मु द्दा पनि अघि बढाइएको त भनी शंका व्यक्त गरेको समाचार कान्तिपुर दैनिकमा छ।