लुकाएर राखिएको अक्सिजन सिलिण्डर बरामद

विभिन्न ठाउँमा लुकाएर राखिएको अवस्थामा रौतहट प्रहरीले ४३ थान अक्सिजन सिलिण्डर बरामद गरेको छ।

सरकारले स्वास्थ्य प्रयोजन बाहेकमा अक्सिजनको प्रयोग गर्न नपाइने निर्णय गरेपछि प्रहरीले अहिले अक्सिजन सिलिण्डरको अनावश्यक प्रयोग भइरहेको विषयमा अनुसन्धान अगाडि बढाएको हो। रौतहट प्रहरीले जिल्लाको गरुडा, गौर र चन्द्रपुर गरी ७ स्थानहरुबाट ४३ थान सिलिन्डर बरामद गरी स्वास्थ्य प्रयोजनमा ल्याइएको जनाएको छ।

स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले स्टक गरी राखेको अवस्थामा अक्सिन भएको ७ किलो तौल भएका २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन ७ किलो तौल भएको १२ वटा समेत गरी ४३ वटा अक्सिजन सिलिण्डर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

अक्सिजन सिलिण्डर स्टक गर्ने व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।