लैनचौरमा यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी

राजधानीको लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ । यात्रु लिएर गन्तव्यतर्फ गइरहेको ट्याम्पुमा एक्कासी आगलागी भएको हो ।

बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको थियो ।

कञ्चनपुर घर भई हात्तीगौडा बस्ने २६ वर्षीय प्रनान्द बोहरा उक्त टेम्पोका चालक हुन् । आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

ट्याम्पुमा आगलागी हुँदा केही यात्रुहरु भित्रै थिए तर उनीहरु भाग्न सफल भएका थिए ।