विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमको नाम नरेन्द्र मोदी राखियो

भारतको अहमदावादमा विश्‍वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम बुधबार उद्घाटन गरिएको छ।

आज भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ क्रिकेट स्टेडियमको उद्घाटन गरेका हुन।

उक्त स्टेडियमका नाम नरेन्द्र मोदी स्टेडियम नाम राखिएको छ। यसअघि उक्त क्रिकेट स्टेडियमको नाम सरदार पटेल स्टेडियम रहेको थियो।

१ लाख ३२ हजार दर्शकको क्षमता भएको उक्त स्टेडियममा संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड रहेको छ।

मोटेरा स्टेडियमको करीब २५१ करोड रुपैयाँको लागतमा विश्‍वकै सबैभन्दा ठूलो स्पोर्ट्स कम्प्लेक्स बन्‍नेछ।