संविधान मिचेका ओलीबाट निर्वाचन हुन्छ भन्ने विश्वास गर्न सकिन्न : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको दाबी गरेका छन्।

सोमबार पोखरामा आयोजित विरोध सभामा बोलेका सिंहले ओलीले घोषणा गरेको चुनाव वैशाखमा नहुने पनि बताएका छन्।

‘उनले तानाशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेका छन्। शासन तन्काउन कसैलाई प्रलोभनमा फँसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चालेका हुन्,’ उनले भने।

उनले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पनि विश्वास व्यक्त गरेका छन्। संविधान मिचेका ओलीबाट निर्वाचन हुन्छ भन्ने विश्वास गर्न नसकिने उनको भनाइ थियो।