साङ्ला भगाउने प्रभावकारी घरेलु उपाय

साङ्लाले नसताएको घर सायद कमै मात्रा होला । साङ्लो एक सर्वाहारी किरा हो । यो जहिले र जता पनि देख्न सकिन्छ । यसले न गाउँ भन्छ, न सहर, न फोहोर, न सफा यो जहाँ त्यहीँ हुने एक प्रकारको किरा हो । घरका कोठाहरु, भान्सा, बाथरुम लगायतका स्थानमा ओसको मात्रा बढी हुदाँ साङ्लालाई उत्पादन हुन, हुर्किन, सजिलो हुन्छ । साङ्लाको मुख्य बासस्थान भान्सामा खानेकुरा भएको ठाउँ हो । साङ्लो भगाउँनका लागि भनौँ वा मार्नका लागि बजारमा रसायनिक औषधी त पाइन्छन् । तर ति औंषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले घरमा साना बच्चा छन् भने रसायनि औंषधी होइन, घरेलु उपाय नै अपनाउँनु नै फाइदा हन्छ । यस्ता छन् घरेलु उपाय–

तेजपत्ताको प्रयोग – तेजपातको गन्ध साङ्लोलाई मन पर्दैन । त्यसैले साङ्लो जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिने । यसो गर्दा साङ्लोहरु भाग्छन् ।

बेकिङ पाउडर र चिनी – यसको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । एक कचौरामा धुलो पारिएको चिनी र बेकिङ पाउडरलाई बराबर मिलाएर साङ्ला आउने ठाउँमा राख्नुहोस् । चिनीको स्वादका कारण साङ्लाले त्यो धुलो खान्छ र बेकिङ पाउडरको गन्धले साङ्ला मर्ने गर्छन् ।

ल्वाङ – ल्वाङको गन्धले पनि साङ्ला भगाउन मद्दत गर्छ । ल्वाङको गन्धका कारण साङ्ला तुरुन्तै भाग्ने गर्छ ।

बोरेक्स पाउडरको प्रयोग – साङ्ला बढी आउने ठाउँमा बोरेक्स पाउडर छर्नाले पनि साङ्ला चाँडै भाग्ने गर्छ । तर यो स्वास्थ्यका लागि हानिकारक हुने भएको हुँदा बालबच्चालाई टाढै राखेर यसको प्रयोग गर्नु उत्तम मानिन्छ ।

मट्टितेलको प्रयोग – मट्टीतेलको प्रयोगले पनि साङ्ला भाग्ने गर्छन् । जहा बढी मात्रामा साङ्ला हुन्छन्, त्यस ठाउँमा मट्टीतेल छर्किनुभयो भने त्यसको गन्धले साङ्ला भाग्छन र मर्छन् पनि ।

रेड वाइन -भान्सा घरमा भएका साङ्ला भगाउनको लागि एउटा कचौरामा थोरै रेड वाइन राख्नुस् । यसको बास्नाले लुकेका साङ्लाहरु बाहिर निस्किनुका साथै भाग्ने र मर्ने गर्छन् ।

साबुन पानी – एउटा भाँडामा नुहाउने साबुनको झोल तयार गर्ने उक्त झोललाई साङ्लो भएको स्थानमा छर्किने

सुख्खा ठाउँ – साङ्लोलाई ओसिलो स्थान बढि मात्रामा उपयुक्त हुने हुनाले ओसिलो स्थानलाई सधै सुख्खा बनाउँने । यसबाहेक मट्टीतेल, नीम, पुदिना र कफीले पनि साङ्लोलाई भगाइदिन्छ ।