हिजो निधन भएका कांग्रेस नेता दाहालले तीन दिनअघि कोरोना खोप लगाएको खुलाशा

नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको सरस्वती नगर, कपनस्थित निवासमा नि’धन भएको हो । गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सां’सदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए। एक महिनाअघि को’रना संक्रमित भएर निको भएका दाहालले तीन दिनअघि मात्र कोरोना खोप लगाएका थए । जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन्।

२०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए। तर उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए। दाहालमा मिर्गौलाको समस्या देखिएपछि यो रोगबाट पीडित अन्य बिरामीको समेत उपचारको समन्वय गर्दै आएका थिए। उनी दाहाल प्र’तिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन्। दाहालको निधनमा पार्टी सभापति शेरबहादुर देउवाले दुः’ख व्यक्त गरेका छन् ।दाहालले पार्टी संगठन नि’र्माण र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भू’मिकालाई देउवाले स्मरण गरेका छन् ।