८० लाख खर्चेर कागतीखेती गर्दैछन्‌ पूर्व जनमुक्ति सेना रामचन्द्र खड्का

दाङ:रुकुम खारा घरभई हाल तुलसीपुर १९बिजौरी बस्दै आएका पूर्व जनमुक्ति सेना (ल’डाकु) रामचन्द्र खड्काले व्यवसायिक कागती खेतीमा उदाहरणीय र लोभलाग्दो प्रगति हासिल गरेका छन्‌। खड्का २०७४ सालेदेखी व्यवसायिक कागती खेतमा लागेका हुन्‌। वि.सं. २०५८ सालदेखी जनयुद्धमा लागेका खड्का शान्ती सम्झौता भएपछि जनमुक्ति सेना छाडेर विदेश गए।

सुरूमा अफगानस्तान र त्यसपछि २ पटक मलेसिया गएका खड्काले विदेशमा पनि भनेजस्तो नभएपछि स्वदेश फर्केर व्यवसायिक कागती खेतीमा लागेको बताए। ‘अफगानस्तानमा २४ महिना र मलेसियामा दुई पटक गरी करिब चार वर्ष बसेँ,’ उनले भने, ‘त्यहाँ सोचजस्तो भएन्, अनि देशमै केही गर्नुपर्छ भनेर कागतीको अनुसन्धानमा लागेँ र नेपालमा यो पेशा राम्रो हुने देखेपछि सुरू गरेँ।’

वार्षिक ५० भाडा तिर्ने गरी तुलसीपुर १९ बिजौरीमा करिब ८० लाख रुपैयाँ ला’गतमा २३ कठ्ठा जमिन १५ वर्षको लागी भाडामा लिएर १५ सय हाइ ब्रिड जातका बिरुवा रोपेर कागती खेती सुरू गरेको उनले बताए । भारतबाट कागतीको प्रति बिरुवा २५० रुपैयाँमा ल्याएर रोपेको कागती ६ महिनामै फल्न सुरू गरेपनि उनले डेढ वर्षपछिबाट बिक्रि गर्न थालेको बताए।

‘अहिलेसम्म २५ क्विन्टल बेचि सकेको छु,’ उनले भने, ‘हिजोआज कागतीको माग धेरै भएकाले पुर्‍याउन सकेको छैन्, जस्ले गदा दैनिक १०/१५ जना ग्राहकहरू खाली हात जाने गरेका छन् ।’ प्रतिकिलो १२० र प्रति क्विन्टल १२ देखी १५ हजारमा बिक्रि गरेको उनले बताए। ‘अहिले बोटमा कागती कोही फल्दै र कोही रस भरिँदै गरेका छन्, तयार भएजति सबै बेचिसकेँ,’ उनले भने, ‘कागतीको माग बजारमा धेरै छ, बाहिरबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढिको कागती आयात हुन्छ। तर अझै धेरै खेती गरौँ भन्दा न त राज्यबाट अनुदान पाइन्छ, न त बैंकबाट ऋण नै पाइन्छ।’ आफूले किसानहरूलाई राज्यले दिने अनुदानको लागी विभिन्न निकायमा गएको भएता पनि कतैबाट सहयोग नपाएको गुनासो गरे।