विराटनगरबाट काठमाडौं आएका स्थानीयलाई उतै फर्काउने तयारी

काठमाडौं । विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फेरी उतै फर्काउने तयारी गरेको छ। सोमबार बिहान विराटनगरबाट करिब ८५ जना यात्रु लिएर हिजो बिराटनगरबाट हिँडेका ७ वटा बस बिहान नागढुंगा नाकामा आईपुगेका थिए । विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो।

तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ। उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए। केही बसबाट मानिसहरू ओसारेका रहेछन्,डिएसपी घनश्याम श्रेष्ठले भने,ुउनीहरूले स्थानीय निकायमा छलफल गरी आएको बुझिएको छ । ती व्यक्तिहरूलाई विराटनगर नै फर्काउने तयारी भइरहेको बताईएको छ ।

हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,ुउनले भने,उनीहरूलाई फर्काउने तयारी थालेका छौं। उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको हो। उनीहरूले स्थानीय निकायसँग छलफल गरी आएको बुझिएको छ।