बाबुराम भट्टराई, हिशिला यामी विरुद्ध मुद्धा दायर हुँदै

काठमाडौँ, १५ वैशाख । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, हिशिला यामी, आंकाजी शेर्पा तथा विश्वदिप पाण्डे विरुद्ध मुद्धा दर्ता गर्ने तयारी भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा साइवर क्राइम अपराध सम्बन्धी मुद्धा दर्ता गर्ने भएको छ । विशुद्ध राजनीतिक छलफललाई कु प्रचार गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका केन्द्रीय सदस्य महेश वस्नेत, सांसद किसान श्रेष्ठ, पूर्व आइजीपी सर्वेन्द्र खनाललाई अ पहरणको प्रचारवाजी गरी च रित्र ह त्या, राजनीति जीवन माथि खेलवाड, सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै मुद्धा दायर गर्न दुई संगठन लागेका छन् ।

अहिले कही छिनमा नै उक्त मुद्धा दर्ता गर्ने तयारी रहेको स्रोतले बताएको छ । डा. भट्टराईले पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अ पहरण तथा विभिन्न दवावमा पारी झुट वोल्न लगाएको स्पष्ट रहेको छ । डा. यादवले प्राईम टिभीममा दिएको अन्तरवार्तामा डा. भट्टराईको घरको एउटै सोझामा बसी दुवै जनाले अन्तरवार्ता दिएको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।