सांसदलाई ओलीको ब्रिफिङ : पार्टी विभाजन हुनसक्छ, मानसिकरुपमा तयार रहनुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार की पारकै रणनीति अपनाएको हुँदा पार्टी विभाजन हुनसक्ने सभावना रहेको बताएका थिए।

‘साथीहरु वार की पारको तरिकाले लाग्नु भएको छ। मंगलबार सचिवालयको बैठक पनि हुँदैछ। तीन चार दिनमा सबै कुरा टुङ्गो लाग्नसक्छ। पार्टी विभाजन पनि हुनसक्छ। त्यस्तो अवस्थाका लागि समेत तपाईहरु मानसिकरुपमा तयारी अवस्थामा रहनुहोला,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सांसद विजय सुब्बाले भने, ‘विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो। मलाई त हटाउन पार्टीका साथीहरुबाटै सबैतर्फबाट घेराबन्दी गरियो। कहि कतै गल्ती भएको रहेछ भने केके काम हो सच्चाउछु भन्दाभन्दै पनि साथीहरु हटाउनै लाग्नुभएको छ।

-नेपाल खबरको सहयोगमा