कोरोना भाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या तथ्यांकमा बाहिर आएको भन्दा बढी

लण्डन, १७ वैशाख । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या तथ्यांक बाहिर आएको भन्दा बढी रहेको खुलेको छ ।कोरोनाको संक्रमणबाट ज्यान जानेको संख्या २२ हजार एक सय २३ पुगेको छ । अस्पतालमा धेरै जनाको मृत्यु भएपछि संख्या ह्वातै बढेको हो । अहिलेसम्म अस्पतालमा ज्यान गएकोहरुको संख्या मात्र समावेश गरेको तथ्यांक बाहिर आएको जनाइएको छ ।

स्वास्थ्य सचिव म्याट हन्ककले गए राति घरमा नै ज्यान गुमाएका सबैको तथ्यांकलाई बाहिर ल्याइ पारदर्शिता ल्याउने बताएका थिए ।अप्रिल १७ सम्मको हप्तामा ३ हजार ९६ जनाको घरमा हेरचाहा गर्दा गर्दै ज्यान गएको थियो तर दर्ता भने एक हजार ४३ जनाको ज्यान गएको तथ्यांक दर्ता भएको थियो ।